दफा ३०
सामुदायिक वनलाई प्राथमिकता दिनु पर्ने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि सामुदायिक वनको रुपमा उपभोक्ता समूहलाई सुम्पन उपयुक्त हुने राष्ट्रिय वनको कुनै पनि भागलाई कबुलियती वनको रुपमा दिइने छैन ।
तर गरिबीको रेखामुनि रहेका समुदायलाई त्यस्तो राष्ट्रिय वनको कुनै भाग कबुलियती वनको रुपमा प्रदान गर्न यस दफाले बाधा पु‍र्‍याएकाे मानिने छैन ।